Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरी महानिरीक्षक खनाल अवकाश प्राप्त

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १४ : ५७ मा प्रकाशित

सशस्त्र प्रहरी महानिरीक्षक खनाल अवकाश प्राप्त

सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ । चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल अवकाशमा गएका छन् । सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको हो ।

खनाल अवकाशमा गइरहँदा सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुंगो लगाउन सकेको छैन । सशस्त्र प्रहरीको नयाँ नेतृत्वका लागी एआइजीद्धय पुष्पराम केसी र रामशरणको दावी छ । यीनीहरु मध्ये जो आइजी बनेपनि सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै हुने छ ।

निर्वतमान आइजी खनालकै ब्याचमेट रहेका पुष्पराम केसी र रामशरण जो आइजी बनेपनि उमेर हदका कारण उनीहरू वैशाख १९ मा अवकाशमा जाँदैछन । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्था छ ।

त्यसपछिको सशस्त्रको नेतृत्वका लागि भने कडा प्रतिस्पर्धा हुने देखिन्छ । आइजी लागि हालका डिआइजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन्। अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो बरियतामा छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको