Like us!
Follow us!
Connect us!
Watch us!

पोखराको फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १८ : १९ मा प्रकाशित

पोखराको फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

पोखराको फेवातालमा सशस्त्र प्रहरीले उद्धार अभ्यास सम्पन्न गरेको छ ।

पोखरा लेकसाइडको वैदामस्थित कोमागाने पार्क नजिक फेवातालमा सशस्त्र प्रहरी बल नेपालको गण्डकी प्रदेश हेडक्वाटर रहेको मुक्तिनाथ बाहिनीले आज बिहान ८:३० बजे देखि १०:०० बजे सम्म गण्डकी प्रदेशस्तरिय जलउत्पन्न प्रकोप तथा खोंचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास सफलतापूर्वक सम्पन्न गरेको हो । उक्त अभ्यासमा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्महरुमा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजी कालीदास धौवजीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, निजामति प्रशासनका उच्चपदस्थ अधिकारीहरुका साथै नेपाल रेडक्रस सोसाईटी, पोखरा पर्यटन परिषद्, होटल एसोसेसन, रेष्टुरेन्ट एसोसेसन, ट्रेकिङ्ग एसोसेसन, डुङ्गा व्यवसाय समितिका अध्यक्ष एवं पदाधिकारीहरु लगायत स्थानीय, पर्यटक तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो । बाहिनीपति धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानिय सरकारहरु थप जिम्मेवारीका साथ कटिवद्ध हुनु पर्ने औंल्याएका थिए ।

यसैगरी कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले यस किसिमका नमुना अभ्यासले फौज प्रति सर्वसाधरण जनताहरुको विश्वास एवं भरोसा बढ्नुका साथै उद्धारकहरुमा समेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउने बताए । पोखरा आसपास रहेका आठ ताल, सेती नदीको विभिन्न खोंचमा विभिन्न मानवीय विपत्ति भइरहने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको