Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट, गभर्नरकाे बहिर्गमनले पनि किन बढेन लगानीकर्ताकाे मनाेबल ?

नेप्से

सोमबार, २८ चैत्र २०७८, १५ : १८ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट, गभर्नरकाे बहिर्गमनले पनि किन बढेन लगानीकर्ताकाे मनाेबल ?

सातामा काराेबार भएकाे पहिलाे दिन आज (साेमबार) पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकाे छ । गभर्नरकाे बहिर्गमनले पनि लगानीकर्ताहरूकाे मनाेबल बढेकाे पाइएन ।

हिजाे नेकपा एमाले तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै ३ जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संटकग्रस्त अवस्थामा पुगेको बताएका थिए । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुक इतिहासकै गम्भीर आर्थिक संकटमा पुगेको बताएका हुन् ।  नेकपा एमालेले तरलताको संकट भयावह हुँदै गएकाे, घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन नसकेकाे जस्ता कुराहरू विज्ञप्तिमा उल्लेख गरेकाे थियाे । पूर्वअर्थमन्त्रीहरूकाे वक्तव्यले पनि लगानीकर्ताहरूकाे मनाेबल घटेकाे हुनसक्ने जानकारहरूकाे अनुमान छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेकाे छ । नेप्से १.८१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३८ अंकले घटेर ४५४.३७ विन्दुमा पुगेकाे छ ।

कूल २३३ वटा कम्पनीकाे ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । 

साेमबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ५२ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

आज नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे  सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

त्यसैगरी, यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेर एक हजार एक रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको