Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, २१ लाख आवेदकको हात खाली हुने

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ०५ : ३९ मा प्रकाशित

बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, २१ लाख आवेदकको हात खाली हुने

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड आज मंगलबार बिहान ९ बजेदेखि निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा हुनेछ । आईपीओको प्रि अलटमेन्ट शुक्रबा सम्पन्न भएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५।७६ गुणा बढी आवेदन हो । 

माागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको