Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १० : १९ मा प्रकाशित

बलेफी हाइड्रोपावरको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि-अलटमेन्ट सम्पन्न भएको छ । प्रि-अलटमेन्ट शुक्रबार कम्पनीको आईपीओ बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।

प्रि-अलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

'प्रि-अलटमेन्टको जानकारी धितोपत्र बोर्डलाई गराइसकेका छौ, आइतबार सार्वजनिक विदा नपरेको भए संभवत आजै बाँडफाँड हुने थियो तर अब आज हामि तयारी गरिरहेका छौ संभवत भोलि मंगलबार आईपीओ बाँडफाँड हुने छ, तर अहिले नै यकिन भन्न सकिदैन, भोलि नै बाँफाँड गर्ने गरी तयारी गरिरहेका छौ, दिँउसो सम्म सबै कुरा फिक्स हुने छ' क्यापिटल स्रोतले भन्यो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५।७६ गुणा बढी आवेदन हो । 

माागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको