Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ०६ : ३६ मा प्रकाशित

बाराही हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन पाईने

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा  आजदेखि आवेदन दिन पाईने छ । 

कम्पनीले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो। 

कसले दिन सक्छन आवेदन ?

बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा न १, ४ र ५ साविक कस्मीसेरा, सर्कवा, र बिनामारे गा.बि.स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले समेत आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

छिटोमा कार्तिक १८ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद मंशिर ४ गते सम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

 नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। साथै एनएमबि बैंक लिमिटेड शाखा कार्यालय- कुश्मीसेरा, कुमारी बैंक लिमिटेड, शाखा कार्यालय- राहाले, बल आईएमई बैंक लिमिटेड-कुश्मीसेरा शाखा, गरिमा विकास बैक लिमिटेड, शाखा कार्यालय- ट्राफिक चोकबाट समेत  आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआबिएलएस क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको