Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १५ : ४६ मा प्रकाशित

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार सिभिल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । 

स्टकका अनुसार बैंककाे ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पाैष ७ गतेसम्म १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । निष्कासन गरिएकाे कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेकाे थियाे । साेही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो । 

62554f29bf49d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको