Like us!
Follow us!
Connect us!
Watch us!

अन्नपूर्ण केवलकारको टप स्टेसनमा नयाँ जिपलाइनको सफल परिक्षण, नयाँ बर्षदेखि सन्चालनमा आउने

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, १९ : ४२ मा प्रकाशित

अन्नपूर्ण केवलकारको टप स्टेसनमा नयाँ जिपलाइनको सफल परिक्षण, नयाँ बर्षदेखि सन्चालनमा आउने

दशकौंदेखि सुर्योदय अवलोकनका लागि बिख्यात सराङ्कोटमा अन्नपूर्ण केवलकार सन्चालनमा आएसँगै यहाँको चझलपहल बढेको छ । केवलकारमा आउने यात्रुलाई लक्षित गर्दै उडि एडभेन्चर प्रालिले केवलकारको टप स्टेसनमा निर्माण गरेको जिपलाइनको मङ्गलवार सफल परिक्षण गरिएको छ ।

परिक्षण सफल भए सँगै जिपलाइन नयाँ बर्षदेखी सन्चालनमा आउने बताइएको छ ।

१ करोड रुपैयाँ लागतमा निर्माण भएको जिपलाइन सय मिटर लामो छ । साथमा ६० मिटर लामो स्काई साइक्लिङ र जायन्ट स्विङको समेत निर्माण भैरहेको र एक हप्ता भित्र सुचारु गरिने सन्चालक केदार थापाले बताए । केवलकारमार्फत सराङ्कोट पुग्ने आन्तरिक एवंम बाह्य पर्यटकहरुलाई थप मनोरन्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याएको थापाले बताए ।

जिपलाइन खेल्न ३ सय, स्काइ साइक्लिङको ५ सय र स्विङ खेल्न ४ सय लाग्ने थापाले जानकारी दिए । रोज इन्टरनेशनल कम्पनीले कन्स्ट्रक्सन गरेको सो एड्भेन्चर गतिविधिमा दैनिक करिब ५ सयले सेवा लिन सक्ने बताइएको छ । सुर्योदय अवलोकनका लागि हाल केवलकार बिहान ५ बजे देखि सन्चालनमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको