Like us!
Follow us!
Connect us!
Watch us!

विश्व धनाढ्यको सूचीमा छैटौँँ स्थानमा उक्लिए भारतीय अर्बपति गौतम अडानी

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १३ : ४३ मा प्रकाशित

विश्व धनाढ्यको सूचीमा छैटौँँ स्थानमा उक्लिए भारतीय अर्बपति गौतम अडानी

अडानी समूहका कम्पनीको सेयरमा आएको तीव्र उछालका कारण गौतम अडानीको सम्पत्तिमा वृद्धि भएको छ । बिलिनियर इन्डेक्सका अनुसार सन् २०२२ गौतम अडानीका लागि एकदमै सफल साबित भइरहेको छ। कमाइका आधारमा अडानीले एलन मस्क र जेफ बेजोसलाई समेत उछिनेका छन्। 

अडानी समूहको सेयरमा सोमबार आएको उछालले गौतम अडानीको नेटवर्थमा ८.५७ अर्ब डलर वृद्धि भएको छ। सोमबार अडानी टोटल ग्यासको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको उछाल आएको थियो। 

रिपोर्टका अनुसार गौतम अडानीको कुल सम्पत्ति ११८ अर्ब डलर पुगेको छ। अघिल्लो दिनसम्म अडानी विश्व धनाढ्यको सूचीमा आठौँ स्थानमा थिए । अडानी विश्व घनाढ्यको सूचीमा छैटौँ स्थानमा उक्लिँदा मुकेश अम्बानी भने १० स्थानबाट तल झर्दै ११ औँ स्थानमा पुगेका छन्। 

एसियामा अर्बपतिहरुको सुचिमा भने गौतम अडानी पहिलो र मुकेश अम्बानी दोसा्रे स्थानमा छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको