Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको यो रिपोर्ट जसले घटायो अडानी समूहको सबै सेयरको मूल्य

धिरज पौड्याल

बुधबार, ०८ भदौ २०७९, १६ : १९ मा प्रकाशित

मंगलबारको यो रिपोर्ट जसले घटायो अडानी समूहको सबै सेयरको मूल्य

विश्वका चौथो धनी व्यक्ति तथा एशियाकै धनी व्यक्ति हुन् गौतम अडानी । विश्व चर्चित आर्थिक पत्रिका फोर्ब्सको सुचिमा पछिल्लो केही महिना यता उनको स्थानमा राम्रो सुधार देखिएको थियो । १३७.८ बिलियन अमरीकी डलर नेटवर्थ रहेका गौतम अडानीका विभिन्न कम्पनीहरु भारतीय सेयरबजारमा सूचीकृत छन्, सोमबार सूचीकृत सबै कम्पनीको सेयरमूल्यमा गिरावट आएको थियो र आज मंगलबार पनि अधिकांश सेयरको मूल्य घटिरहेको छ । 

गौतम अडानीको ६ कम्पनी सेयरबजारमा सूचीकृत रहेका छन् । करिब २ वर्ष अगाडि उनको नेटवर्थ १० बिलियन अमरीकी डलर रहेको थियो तर कोभिड सँगैको यो अवधिमा उनले आक्रामक रूपमा व्यवसाय वृद्धि गरे। आक्रामक व्यापार विस्तार र कर्जा एबम् क्यास फ्लोलाई लिएर  फिच रेटिङ् नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट क्रेडिटसाइट्ले चिन्ता व्यक्त गरेको थियो। 

क्रेडिट साइटमा उक्त रिपोर्ट सार्वजनिक भएसँगै अडानी ग्रुपका सबै सेयरमा गिरावट आएको थियो। 

रिपोर्टमा अडानी समूहले गरेको अर्करण व्यापार विस्तारले क्रेडिट मेट्रिक र नगदी प्रहावमा दबाब परेको उल्लेख छ र छिट्टै कर्जाको जालोमा पर्ने जनाएको छ। अडानी समूहको बैंक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग राम्रो सम्बन्ध रहेको हुँदा अडानी समूहलाई राहत मिल्ने विश्लेषकहरुले उल्लेख गरेका छन्। 

क्रेडिट साइटस्मा लक्षमनन् आर, रोहन कपूर र जोनाथन तन् ले तयार परेको रिपोर्टमा अडानी समूह आक्रामक रूपमा नयाँ तथा असम्बन्धित क्यापिटल इन्टेन्सिभ क्षेत्रमा मा प्रवेश गरेको हुँदा कार्यान्वयनमा प्रश्न उठ्ने, अडानी समूह र अम्बानी समूह बीचको उच्च प्रतिस्पर्धाले अविबेकपूर्ण आर्थिक, व्यवसायीक र वित्तीय निर्णयहरु निम्त्याउन सक्ने र अन्य जोखिम रहेको जनाएको थियो जसले लगानीकर्ताको मनोबल घटाउने काम गर्यो। 

अडानी समूहका सूचीकृत कम्पनी :

अडानी पोर्टको सेयरमूल्य समाचार तयार पार्दा सम्म २.३०% ले घटेको छ। सोमवार ८४० रुपैयाँमा बन्द भएको वजार मङ्गलबार घटेर ८०५ रुपैया सम्म आइपुगेको थियो भने आज बजार ८२० रुपैयाँमा छ। 

अडानी बिल्मोरको सेयरमूल्य ७.७२% ले घटेको छ। सोमवार ७२४ मा बन्द भएको बजार अहिलेसम्म ५५ रुपैयाँको गिरबटका साथ ६७० रुपैयाँमा रहेको छ ।

अडानी ईन्टरप्राईजेजको सेयरमूल्य हालसम्म १.५३% ले घटेको छ। सोमवार ३०५१ मा बन्द भएको बजार मंगलबार १२४ अंकको गिरावट साथ २९२७ सम्म पुगेको थियो। हाल बजार ३००८ रुपैयाँमा कारोबार भइरहेको रहेको छ ।

अडानी ग्रीन इनर्जीको सेयरमूल्य ७.११% ले गिरावट आएको छ। सोमबार २५१९ रुपैयाँमा कारोबार बन्द भएको सेयरमा १७९ अंकको गिरावट देखिएको छ र अहिले २३४० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै अडानी पावरमा ७.०८% को गिरावट देखिएको थियो।

अडानी ट्रान्समिसनको सेयरमा मंगलबार १५८ रुपैयाँको गिरावट आएको थियो अहिले भने सकारात्मक मूल्यमा कारोबार भई रहेको छ र अडानी टोटल ग्यासको मूल्य मंगलबार १५१ रुपैयाँको गिरावट आएको थियो। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको