Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय सेयर बजार पछिल्लाे ३ महिनाकै न्यून विन्दुमा, अप्रत्यासित रूपमा किन घट्यो ?

धिरज पौड्याल

आइतबार, १५ माघ २०७९, १६ : २७ मा प्रकाशित

भारतीय सेयर बजार पछिल्लाे ३ महिनाकै न्यून विन्दुमा, अप्रत्यासित रूपमा किन घट्यो ?

विश्व धनाढ्यको सूचीमा गत सेप्टेम्बरमा १५५.५ बिलियन अमेरिकी डलर नेटवर्थका साथी फोर्ब्स विश्व धनाढ्यको सूचीमा दोश्रो स्थानमा पुगेका गाैतम अडानी आहिले ९६.७ बिलियन अमेरिकी डलर नेटवर्थका साथ विश्व धनाढ्यको सूचीमा सातौं अंकमा झरेका छन्।

दोश्रो स्थानमा रहेका अडानीलाई पछी पार्दै एलन मस्क दोश्रो स्थानमा उक्लिए, गौतम अडानी तेश्रो स्थानमा धकेलिए। जनवरी २४ मा अमेरिकी स्थित वित्तीय फोरेन्सिक रिसर्च संस्था हिडेनवर्ग रिसर्चले अडानी माथि सार्वजनिक गरेको रिपोर्ट पश्चात् गाैतम अडानीले फोर्ब्सको तथ्याङ्क अनुसार २२.५ बिलियन डलर बढी अर्थात नेटवर्थको १९% बढी गुमाए। 

हिडेनवर्ग रिसर्चले सार्वजनिक गरेको १०० पेजको रिपोर्टले अडानी समूह माथि उठाएको ८८ प्रश्नले भारतीय सेयरबजार र अडानी समूहको सेयर मूल्यमा नकारात्मक प्रभाव देखियो। रिसर्च संस्थाले जनवरी २४ मा अडानी समूहमाथि विगत २ वर्ष देखि निरन्तर रूपमा वित्तीय अनुसन्धान गरिरहेका दाबीका साथ अडानी समूहल दशकौ देखि स्टक म्यानिपुलेसन र एकाउन्टिङ फ्रडमा संलग्न भएको रिपोर्ट सार्वजनिक गर्यौ रिपोर्टमा रिसर्च संस्थाले गरेको दाबी प्रमाणित गर्ने कागजात हरु संलग्न गरेको थियो। 

गौतम अडानीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट मानिन्छ, भारतमा मोदी सरकारसँगै गौतम अडानी को व्यवसायिक बिस्तार आक्रामक देखियाे। ऊर्जा, इन्फ्रास्टक्चर, पावर ट्रान्समिसन लगायतका क्षेत्रमा उनको लगानी छ। ब्लूमबर्गको तथ्याङ्क अनुसार सन २०२० को सुरुवातमा करिब १० बिलियन डलर नेटवर्थ रहेका गौतम अडानीको नेटवर्थ २०२० को तेश्रो महिना ५ विलियन अमेरिकी डलरमा झर्यो त्यसपछि उनको उदयको यात्रा सुरु भयो। 

२०२१ को सुरूवात देखि २०२२ को ९ औं महिनामा १५५ बिलियन अमेरिकी डलर सम्म पुग्यो २०२२ को अन्त्यमा उनको नेटवर्थ २ वर्षका बीच ११० बिलियन डलरले बढेर १२१ बिलियन डलर पुग्यो। अप्रत्यासित रूपमा भएको गौतम अडानी को उदयमाथी विभिन्न समयमा विभिन्न प्रश्नःहरु उठ्दै आए। प्रकाशित विभिन्न रिपोर्टहरु र विज्ञहरुले उनको उदय अवैधानिक र अप्राकृतिक भएको दाबी गर्दै आए। 

 गौतम अडानीको नेटवर्थ इतिहास:Bloomberg 

जनवरी २४ मा रिपोर्टको प्रभावले ६११२२.२० अङ्कको बिन्दुमा रहेको सेयरबजार परिसूचक ‘सेन्सेक्स’ शुक्रबार २७ जनवरी सम्म सेन्सेक्सले १७९१.३० अङ्क गुमायो। कारोवार खुल्ला भएको २४,२५ र २७ गते तिन दिननै परिसूचकमा गिरावट आयो। परिसूचक २.९३% ले घट्यो। सेयरबजार परिसूचक गत ३ महिनाको न्यून विन्दुमा पुगेको हो। परिसूचक गत अक्टोबर २१ मा यो अङ्कको बिन्दुमा पुगेको थियो। 

अडानी ग्रुपका मुख्य लिस्टेड कम्पनीहरु:

Adani Enterprises

अडानी इन्टरप्राइजको शेयरमूल्य २४ गते पश्चात हालसम्म २०% ले गिरावट आएको छ। शुक्रबारमात्रै सेयरमा ५८५ भारुको गिरावट आएको छ भने २४ गते देखि २७ गते सम्म ६८६ अङ्कको गिरावट आएको हो। 

 

Adani Ports

अडानी पोर्टको शेयरमूल्य हालसम्म २२.३९% भारुले घटेको छ। २४ गते ७६९.१५ बाट १७२.२० भारु घटेर शुक्रबार ५९६ मा कारोबार बन्द भएको थियो। 

त्यसतै Adani Green Energy को शेयरमूल्य ४६२.६५(-२३.७४%) भारूले घटेको छ। सेयरमूल्य १९४८.९० बाट घटेर १४८६.२५ मा आइपुगेको छ। 

Adani Power को सेयरमुल्य २६.७५ भारु (९.७४%) ले घटेको छ। सेयरमूल्य २७४.७० बाट घटेर २४७ मा आइपुगेको हो। 

Adani Transmission को सेयरमा ७७५.८० भारु(२७.८१%) को गिरावट आएको छ। सेयरमूल्य २७९० बाट घटेर २०१४ अङ्कको बिन्दुमा झरेको हो।  

Adani Total Gas को सेयरमूल्य १००८ भारु (२५.५१%) ले घटेको छ। ३९३६.६० मा रहेको सेयरमूल्य घटेर २९२८ भारुमा शुक्रबार कारोबार बन्द भएको थियो। 

Adani Wilmar को सेयरमूल्य ५५.८० भारु(९.७४%) ले घटेको छ।सेयरमूल्य ५७२.६५ बाट घटेर ५१६.८५ मा आएको छ।

हिडेनवर्गले सार्बजनिक गरेको रिपोर्टले अडानी माथि सार्बजनिक गरेको रिपोर्टलाई कर्पोरेट इतिहासको सवैभन्दा ठूलो ठगीको संज्ञा दिएको छ। रिपोर्टले अडानी समूहले ट्याकस हेभनको अनुचित प्रयोग गरेको उल्लेख गरेको छ। 

रिपोर्टले अडानी समूहको सेयरको सेयरमूल्य वास्तविक मूल्य भन्दा ओभरभ्यालुड भएको, कम्पनी ऋणले भरिएको, कम्पनीका प्रोमोटरले सेयर धितो राखी अनुचित कर्जा लिने गरेको(Promoter Stock Pledging), कम्पनीको व्यवस्थापकहरु बीतिय ठगी, फ्रडमा संलग्न भएको, प्रोमोटरको सेयरमा अधिक कन्ट्रोल रहेको, सेयरमूल्यको कृतिम पम्पगर्ने, स्वतन्त्र लेखापरीक्षण नहुने लगायतका विभिन्न विषयमाथि प्रश्न उठाएको छ। 

अडानी समूहले उक्त रिपोर्टबारे टि्वटरमार्फत जवाफ दिँदै दाबी गलत र आधारहीन भएको र अदालत बाट परीक्षण भएको जनाएको थियो। अडानी ग्रुपले रिपोर्टमा गरिएको दावीको उत्तर दिएको थियो। 

अडानी समूहको प्रतिक्रियामाथि टि्वटर मार्फत उत्तर दिँदै हिडेनवर्ग रिसर्चले अडानी समूहले रिपोर्ट सार्बजनिक गरेको ३६ घण्टा सम्म आफूले गरेको ८८ सिद्ध प्रश्नको उत्तर मध्य कुनै पनि प्रश्नको उत्तर नदिएको जनाएको थियो। हिडेनवर्ग रिसर्चले आफूहरुले उठाएको प्रश्न प्रमाणित गर्ने कागजात रहेको हुँदा आफूहरूमाथि अडानी समूहलाई अमेरिकामा केस फाइल गर्न चुनौती दिएको छ। 

 

रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस्। 

https://hindenburgresearch.com/adani/






 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको