आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले तत्काल विदेशी ऋण नतिर्ने घोषणा गरेको छ । त्यहाँको केन्द्रीय बैंकले इन्धन लगायत अत्यावश्यक वस्तुहरु आयातका लागि आवश्यक विदेशी मुद्रा सञ्चित गर्न भन्दै यस्तो घोषणा गरेको हो ।
कोभिड–१९ महामारी पछि कर कटौति र पर्यटन निर्भर श्रीलंकाको अर्थतन्त्रलाई नराम्ररी असर पुर्याएको छ । यहि कारणले इन्धन, बिजुली, खाद्यान्न र औषधि अभाव विरुद्ध एक महिनाभन्दा बढी समयदेखि सडकमा आन्दोलन भइरहेको छ ।
‘हामीले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गर्नु जरुरी छ । अहिले बाह्य ऋण तिर्नु आवश्यक छैन,’ श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले भनेका छन्, ‘यो यस्तो विन्दुमा पुगेको छ कि विदेशी ऋण तिर्न एकदमै चुनौतीपूर्ण र असम्भव छ ।’
उनले ऋणदातासँगको सम्झौता र अन्तिर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको ऋण कार्यक्रम सहयोग नआएसम्म विदेशी ऋण नतिर्ने बताएको रोयटर्यले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस