Like us!
Follow us!
Connect us!
Watch us!

मालपोत सेवा सुधारिँदै, दलितलाई राजश्वमा २५ प्रतिशत छुट

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १५ : ५४ मा प्रकाशित

मालपोत सेवा सुधारिँदै, दलितलाई राजश्वमा २५ प्रतिशत छुट

सेवा सुरु भएकाे एक सय वर्षपछि मालमोत कार्यालय जुम्लाको सेवामा सुधार देखिएकाे छ । सधैँ सुस्त इन्टनेट, जनशक्ति र उपकरण अभाव झेल्दै आएको कार्यालयले केही समयदेखि यस्ताे गुनासाे व्यहाेर्नु परेकाे छैन् । इन्टरनेटकाे गतिमा सुधार, जनशक्ति र उपकरण चुस्तदुरुस्त भएपछि सेवाग्रहीले गुनासाे गर्न छाडेका छन् । अहिले सेवामा सरलीकरणको अभ्यास समेत सुरु भएको सेवाग्राहीहरूकाे भनाइ छ ।

भूमि व्यवस्थापना तथा अभिलेख  विभागका अनुसार मालपोत कार्यालय जुम्ला, नापी कार्यलय जुम्लाले लिखित रजिष्ट्रेसन पारित गर्न थालेकाे एक सय वर्ष पुगेको छ । साेही अवसरमा बुधबार सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । साे अवसरमा मालपोतका निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले चालु आर्थिक वर्षको हालसम्म भएका लिखत राजीनामा लगायत कार्यालयले गर्दै आएको काम बारे जानकारी गराए । 

उनले  दलित, अपांगता भएका व्यक्ति र महिलाका नामा जग्गा पास गर्दा  राज्यले नै छुट दिने व्यवस्था गरेको बताए । उनले भने, ‘यस वर्ष  दुई सय ६३ जना महिलाकाे नाममा जग्गा पास, ४५ जना दलित  र एक अपांगता भएका एक जनाकाे नाममा पास भएकाे छ ।' उनले मलापोतमा उठेको राजश्व ५० प्रतिशत प्रदेश र ४० प्रतिशत  सम्बन्धित स्थानीय तहमा जाने गरेको बताए ।  उनले भने, ‘चालु आर्थिक वर्षको २०७८/०७९ काे चैतसम्म  एक करोड, ५१ लाख  ७२ हजार नाै सय ५४ रुपैयाँको राजश्व असुल भएको  छ ।   

 मालपोतमा दुई सय २७ मुद्दा 

मालमोत कार्यालय जुम्लामा नामसारीका लागि एक सय १३  मुद्दा परेको कार्यालय प्रमुख रोकायाले बताए । जसमा ९० वटा फर्छौट भएका छन् । यस्तै मोठ कायममा ७३ वटा, लालपुर्जा प्रतिलिपिसम्बन्धी ६ वटा, घर कायम नाै वटा, दाखिला १६ वटा, अदालतको दाखिला ८ वटा, बैंकको  लिलामसम्बन्धी एक, हक सफा एक वटा मुद्दा गरी दुई सय २७ वटा मुद्दा थिए । 

कार्यालयमा इन्टरनेटको समस्या समाधानको लागि  नेपाल टेलिकमबाट लिजलाइन  जडान गरिएको छ । हाल कार्यालयमा नायब सुब्बा तीन, खरिदार तीन, सलेपा एक, कम्प्युटर अपरेटर तीन जना र कार्यालय सहयोगी चार जना गरी जम्मा १४ जना जनशक्ति छन् ।

दलितलाई राजश्वमा २५ प्रतिशत छुट

मालपोत कार्यालयमा जग्गा रजिस्टेसन गर्ने दलित समुदायले राजश्वमा २५ प्रतिशत छुट पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म ४५  जना दलितका नाममा जग्गा रजिस्टेसन हुँदा उनीहरूले २५ प्रतिशत राजश्वमा छुट पाएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको