Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय बासिन्दालाई बैशाख ११ गते देखि आइपीओ बिक्री खुल्ला गर्दै

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, ०८ : ०२ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय बासिन्दालाई बैशाख ११ गते देखि आइपीओ बिक्री खुल्ला गर्दै

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७९ बैशाख ११ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ ।

बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको छ । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटाेमा २०७९ बैशाख २५ गते गतेसम्म र ढीलाेमा २०७९ जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । तेस्तै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  रहेको छ। 

रेटिङ

रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीको विवरणपत्रः

6258de5175811.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको