Like us!
Follow us!
Connect us!
Watch us!

नेटोमा सामेल नहुन फिनल्याण्ड र स्वीडेनलाई रुसको चेतावनी

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, १३ : ३१ मा प्रकाशित

नेटोमा सामेल नहुन फिनल्याण्ड र स्वीडेनलाई रुसको चेतावनी

रुसले बिहीबार स्वीडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । साथै रुसले आफ्नो पश्चिमी भागमा दोब्बरभन्दा बढी सेना थप्ने पनि बताएको छ ।  रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएनले  जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् । 

बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ । युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतावनी दिएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको