Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेप्से

शुक्रबार, ०२ बैशाख २०७९, १३ : ४१ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

१. सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड

सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ४ लाख ९६ हजार ८५ दशमलव ८५ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव  गरेकाे थियाे ।

२. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २७.७० प्रतिशत बाेनस बापतकाे ८ लाख ९९ हजार ९८ दशमलव १२७३ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे। 

३. महालक्ष्मी विकास बैंक लिमिटेड

 महालक्ष्मी विकास बैंक लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ६६ लाख ८४ हजार ८ सय ५ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

४. सिभिल बैंक लिमिटेड

सिभिल बैंक लिमिटेडकाे ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएकाे हाे ।

सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पाैष ७ गतेसम्म १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । निष्कासन गरिएकाे कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

बजार अहिले बुल कि बियर? अब कता जाला? काकाको पोर्टफोलियोमा के छ? Keshav Koirala (KaKa)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको