Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तको नाफासँगै अन्य सूचकमा आकर्षक वृद्धि,  आईपीओ धमाधम बिक्रीमा

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १४ : २१ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तको नाफासँगै अन्य सूचकमा आकर्षक वृद्धि,  आईपीओ धमाधम बिक्रीमा

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ९ करोड ९९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०९.४१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७७ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ५५.३१ प्रतिशतले बढेर १५ करोड ७७ लाख ४५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १० करोड १५ लाख ६५ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०१.१७ प्रतिशतले बढेर ८ करोड ७२ लाख १० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ४ करोड ३३ लाख ५१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गते, शुक्रबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटाेमा वैशाख ६ गते र ढीलाेमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

625d23bfc9f6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको