Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १४ : ४२ मा प्रकाशित

सिवाईसी नेपालको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड वैशाख १५ गते, बिहीबार सम्पन्न भइसकेकाे छ । 

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३ सय ४४ रूपैयाँ ३६ पैसादेखि अधिकतम एक हजार ३३ रुपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को  प्रतिसेयर नेटवर्थ ३ सय ४४ रूपैयाँ ३६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा एक हजार ३३ रुपैयाँ ८ पैसा हुन्छ ।

संस्थाले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएका थिए । तीमध्ये ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको