Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता : विश्लेषक भन्छन्, 'बजार बुलिसमै छ, छिट्टै लयमा फर्किन्छ'

नेप्से

सोमबार, ०५ बैशाख २०७९, १५ : ०० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता : विश्लेषक भन्छन्, 'बजार बुलिसमै छ, छिट्टै लयमा फर्किन्छ'

आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार भारी अंकले घटेकाे छ ।

बजार निरन्तर घट्दा न बियरिसमै गएकाे हाेकी भन्ने कतिपय लगानीकर्ताहरूले साेच्न थालिसकेका छन् । तर अहिले बजार बियरिस नभएकाे र अहिलेको गिरावट बुलीसको बियरीस रहेको बताउँछन् नेपाल इन्भेष्टमेन्ट फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम लगानीकर्ताकाे आवाजमा कुराकानी गर्दै उनले बजारकाे बुलिस बाँकी रहेको र बजार आफूमा सम्माहिले मौका नपाएको हुँदा बजारमा गिरावट देखिएको बताएका छन् । उनले भने, "समयान्तर बजारमा देखिएका नकारात्मक घटनाहरु सिसिडि रेसियोलाई सीडी रेसियो बनाइयो जसको कारणले बजारमा तरलताको समस्या आयो, राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो गर्यो र यसपछि आएको मौद्रिक नीतिसँगै बैंकमा पैसाको अभाव रह्यो र बैंकको ब्याजदर तिब्र रुपमा बढ्यो जसका कारण लगानीकर्ताको मनोविज्ञान नकारात्मक भएको हुँदा बजार बढ्न सकेकाे छैन ।" लगानीकर्ताहरू बजारमा सकारात्मक कुराहरू खोजी रहेका र यी कुराहरुमा समाधान आएसँगै बजारले आफ्नो लय लिने उनको दावी छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा झरेकाे छ । नेप्से १.७५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.८२ अंकले घटेर ४४४.१५ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४ कराेड ९६ लाख २६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि नेष्डाे समृद्ध लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ७ सय ३७ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.३३ प्रतिशतले घटेर प्रतिकित्ता ५ सय ५० रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको