लगातारकाे गिरावटपछि आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ वटै उपसमूह उकालाे लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ ।
कूल २२९ वटा कम्पनीकाे ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रूपैयाँबराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै अन्य उपसमूह बढेकाे छ ।
मंगलबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ३० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन भेञ्चर्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
यस दिन दिव्यश्वरी हाइड्राेपावरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.८२ प्रतिशतले घटेर २ सय ४८ रूपैयाँमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस