Like us!
Follow us!
Connect us!
Watch us!

शेर बहादुर देउवाले भने, 'प्रधानमन्त्री भएर कुनै गल्ती गरेको छैन'

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, १५ : २१ मा प्रकाशित

शेर बहादुर देउवाले भने, 'प्रधानमन्त्री भएर कुनै गल्ती गरेको छैन'

प्रधानमन्त्री शेर बहादुर देउवाले आफू प्रधानमन्त्री भएर कुनै गल्ती नगरेको बताएका छन् ।

मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै आफुले प्रधानमन्त्री भएर केही नबिगारेको बताएका हुन् ।

उनले आफु प्रधानमन्त्री बनेपछि बनेको गठबन्धन बाट धेरै पाइदा भएको चर्चा गर्दै भने, ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन्। हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ। धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले। के बिगारे मैले? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ। त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले? राम्रै गरेको छु त मैले। 

साथै प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे। एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको उनको भनाई थियो। लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनको भनाइ छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको सत्ताका लागी नभई व्यवस्थाका लागी गठबन्धन हो भन्ने भनाईको जवाफ दिदै नेता पौडेललाई प्रधानमन्त्री बनाईदेउ भनेर आफुले कहिले नभनेको बताए । सबै राजनीतिक दलहरुले प्रधानमन्त्री बन्न आग्रह गरेपछि मात्रै बनेको उनको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको