Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण किन्छन महंगोमा लिलामीको सेयर

बुधबार, ०४ साउन २०७४, ०७ : ४३ मा प्रकाशित

यस कारण किन्छन महंगोमा लिलामीको सेयर

अर्थ संसार, काठमाडौं - धितोपत्र बोर्डले जतिसुकै नियम बनाएपनि हकप्रद निष्काशनको विकृति अझै हटेको छैन । लिलामी सेयर सिमित वर्गको मात्र पहुँच  पुगेको छ ।

पछिल्लो दिनमा सवैजसो हकप्रद निष्काशन गरेका संस्थाले निकालेको लिलामी प्रक्रिया अर्थात् अक्सन बजार सर्वसाधारण लगानीकर्ताको पहुँच भन्दा बाहीर पुगेको छ । केही समय अघिसम्म बजार मुल्य भन्दा २० प्रतिशत कममा आवेदन दिनेले सहजै पाउने लिलामीको सेयर अहिले बजार मूल्यको ९० प्रतिशत दरमा हालेपनि पाउन छाडेका छन् । 

लिलामीमा किनिएको सेयर सामान्यतया दोस्रो बजारबाट किनिएको भन्दा सामान्यरुपमा कम तरल हुन्छ ।  लामीको अन्तिम दिनको भोलिपल्ट नै सामान्यता बाँडफाँड हुने भए पनि नपरेको सेयरको रिफण्ड प्राप्त गर्न हुन हप्ताजति लाग्छ भने किनिएको सेयर सूचिकरण भएर आफ्नो खातामा नआएसम्म (करिब तीन महिना) बिक्रीयोग्य हुँदैन सेयर बजारमा समाचार छ । 

तर पनि लगानीकर्ताहरु दोस्रो सेयर बजार छाडेर अक्सन सेयर किन्न दौडिरहेका छन् । यस कारण लगानीकर्ताहरु महंगोमा सेयर किन्न लालहित छन् लगानीकर्ता । 

शुल्क र कमिशन 

कुनै लगानीकर्ताले लिलामीबाट जति परिणाममा सेयर उठाएपनि उसले कुनै पनि कर तथा ब्रोकर कमिशन तिर्नुपर्दैन । साथै, बजारबाट त्यति परिमाणमा किन्ने हो भने पाउन मुश्किल मात्रै हैन कि झन्झटिलो कारोबार पनि छ ।

साथै, ठूलो परिणामा सेयर खरिद गर्न आदेश दिँदा ब्रोकर आफैले सस्तोमा उठाएर भोलीपल्ट महँगोमा भिडाउने चलन पनि छ । त्यसैले लगानीकर्ताहरुले ठूलो लगानी गर्ने सजिलो बाटोको रुपमा यसलाई लिएको हुनसक्छ ।

एफपिओ र आइपिओ प्रतिबन्ध

लिलामी बजार यस्तो प्रबत्ति धितोपत्र बोर्डको नयाँ निर्देशिकापछि मौलाएको भेटिन्छ । धितोपत्र बोर्डको पछिल्लो निर्देशिकाले प्राथमिक सेयर निष्काशनमा संस्थागत लगानीकर्ताहरुको आवेदनलाई बन्देज गरेको छ ।

यसबाट आइपिओ तथा एफपिओमा संस्थागत लगानीकर्ताहरुको लगानी बन्द भएको छ । यसैले संस्थागत निक्षेपकर्ताहरुको लगानी अक्सन बजारमा मोडिएको हुनसक्छ । 

बजारको अस्वाभाविक प्रवृत्ति 

नेपालको पूँजिबजारको आकार दिनदिनै बढ्दै गएपनि संस्थागत तरिकाले अझै पनि अघि बढ्न सकेको देखिदैन । कुनै संगठित संस्थाले कुनै कम्पनीको परिसूचक अलि ठूलो राम्रो देखेर लगानी गर्न चाह्यो र उसले केही ठूलोमात्रामा सेयर खरिद गर्यो भने त्यो कम्पनीमा आँखा चिम्लेर लगानीकर्ताहरु लगानी गर्न थाल्छन् ।

र, लगानीकर्ताले अक्सन बजारबाट उठाउन चाहेको संख्यामा सेयर दोस्रो बजारमा किन्न चाहने हो भने उक्त संख्यामा सेयर खरिद गर्दासम्म सेयरको बजारमूल्यले आकाश छोइसकेको हुन्छ । उक्त लगानीकर्तालाई बजार कृतिमरुपमा बढाएको आरोप लाग्न थाल्छ । 

प्रचारप्रसार 

अहिले सेयर मूल्यलाई प्रचारप्रसारको महत्वपूर्ण माध्यम बनाउने चलन पनि व्यापक छ । न्यूनतम संख्यामा सेयर आवेदन दिने र बजार मूल्य भन्दा धेरै बढी मूल्य कबोल गर्ने र अनौपचारिक सूचनामार्फत मिडियामा प्रचार गराउने प्रवृत्ति पनि बढेको छ ।

अक्सनमा सवैको चासो हुने भएकाले त्यस्तो कबोलकर्ता सवैको नजरमा पर्छन । त्यस्तै, सेयर लिलाम गर्ने कम्पनीप्रति जनधारणा समेत सकारात्मक बन्नपुग्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको