Like us!
Follow us!
Connect us!
Watch us!

सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्‍यो ६२ प्रतिशत लाभांश

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०९ : २८ मा प्रकाशित

सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्‍यो ६२ प्रतिशत लाभांश

सेक्युर्ड सेक्युरिटिजले लगानीकर्ताका लागि ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र  करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

कम्पनीले साधारणसभा कात्तिक ८ गते आह्वान गरिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्नेछ ।

वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका एजेण्डा छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको