Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामा अनियन्त्रीत बन्दै सरकार विरोधी प्रदर्शन : प्रहरीको गोलीले एकको मृत्यु, ११ जना घाइते

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १३ : ५२ मा प्रकाशित

श्रीलंकामा अनियन्त्रीत बन्दै सरकार विरोधी प्रदर्शन : प्रहरीको गोलीले एकको मृत्यु, ११ जना घाइते

श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा मंगलबार पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् । रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया लगायतका शहरमा भएका प्रर्दशन निकै विशाल रहेका नियन्त्रण गर्न सरकारलाई हम्येहम्ये परेको अन्र्तराष्ट्रीय संचारमाध्यमले जनाएका छन् ।

रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको बीबीसीले जनाएको छ । प्रहरीको गोली प्रहारबाट १ सर्वसाधारणको मृत्यु हुनका साथै ११ जना घाइते भएका छन । घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरी प्रवक्ता निहाल तल्डुवाले भने १५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरु अनियन्त्र गर्न गोली चलाउनु परेको बताएका छन् । यो घटनापछि आन्दोलन थप चर्कन सक्ने कारण रांबुक्काना शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको