Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारको उत्साह टिकेन : सेयर बजार पुनः ओरालो

नेप्से

बुधबार, ०७ बैशाख २०७९, १५ : १० मा प्रकाशित

मंगलबारको उत्साह टिकेन : सेयर बजार पुनः ओरालो

मंगलबार सकारात्मक माहाेल देखिएकाे सेयर बजारमा आज (बुधबार) फेरि करेक्सन देखिएकाे छ । बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेकाे छ । नेप्से १.५६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६९ अंकले घटेर ४४१.०८ विन्दुमा झरेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्द धेरै फाइनान्स समूह घटेकाे छ ।

बुधबार नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे १४ कराेड १९ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ग्रीन भेञ्चर्स र जाल्पा सामुदायिक लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यता लगातार सकारात्मक सर्किट लाग्दै आएकाे नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा भने यस दिन नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २ हजार ७ सय १० रूपैयाँ ३० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको