Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सुधारको संकेत

नेप्से

विहीबार, ०८ बैशाख २०७९, १५ : १२ मा प्रकाशित

सेयर बजारमा सुधारको संकेत

सेयर बजार सम्हालिने प्रयास गर्दैछ । बिहीबार नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक पनि हरियाे भएर बन्द भएकाे छ । काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । पछिल्लाे समय निरन्तर घटिरहेकाे बजारमा अब भने सुधारकाे संकेत देखिएकाे छ । विश्लेषकहरूले पनि नेप्सेमा बटम लागेकाे हुनसक्ने बारम्बार बताउँदै आइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२१ प्रतिशतले बढेकाे हाे ।यस्तै, सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले बढेर ४४३.१४ विन्दुमा झरेकाे छ ।

कूल २३१ वटा कम्पनीकाे ३९ लाख ९१ हजार ५१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार काराेबारमा नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड अब्बल रहेकाे छ । संस्थाकाे १० कराेड ३६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ग्रीन भेञ्चर्स र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.३० प्रतिशतले घटेर २ सय २३ रूपैयाँ कायम भएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको