Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि होलिडे मनाउने निर्माण व्यवसायीको निर्णय

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १६ : ०६ मा प्रकाशित

आइतबारदेखि होलिडे मनाउने निर्माण व्यवसायीको निर्णय

आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ । बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो ।

 व्यवसायीहरुले निर्माण सामग्रीको मूल्य ३ गुणासम्म बढेकाले काम गर्न नसकेको बताएका छन् । उनीहरुका अनुसार अहिले बजारमा अधिकांश निर्माण सामग्रीको मूल्य बढेको अवस्थामा निर्माण कार्यलाई अगाडि बढाउन सकिँदैन ।

‘सरकारले निर्माण सामग्रीको मूल्य बढेको आधारमा समायोजन गर्नुपर्छ,’निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले भने, ‘सार्वजनिक खरिद नियमावलीसमेत मूल्यवृद्धि भएको आधारमा मूल्य समायोजना गर्न सक्ने व्यवस्था गरेको छ । सोहीअनुसार मूल्य समायोजन गर्नुपर्छ । पुरानो मूल्यमा हामी काम गर्न सक्ने अवस्थामा छैनौं ।’

त्यसैगरी, महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरेको छ । उक्त आन्दोलन व्यवसायीहरूले शुक्रबार पनि गर्ने भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको