Like us!
Follow us!
Connect us!
Watch us!

सलमान खान १२ जेठमा नेपाल आउने, यस्तो छ कार्यतालिका

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १४ : ०२ मा प्रकाशित

सलमान खान १२ जेठमा नेपाल आउने, यस्तो छ कार्यतालिका

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन् । कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् । 

भोलिपल्टका लागि उनको व्यस्त ‘सेड्युल’ छ । १३ गते बिहानै उनले उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ । त्यसलगत्तै सलमान सगरमाथा माउण्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ ।

माउण्टेन फ्लाइटबाट साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ । त्यसपछि उनले भोलिपल्ट अर्थात् जेठ १४ गते दशरथ रंगशालामा सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रम हुनेछ । 

कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिनेछन् भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको