Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एयरलाइन्सको साउदी अरब उडान सुरु

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १७ : १६ मा प्रकाशित

नेपाल एयरलाइन्सको साउदी अरब उडान सुरु

नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गर्ने भएको छ । साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ ७ः१५ मा रियादका लागि उड्ने भएको हो । 

निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो । तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन । अहिले निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा) मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान गर्न लागेको हो । रियादमा निगमले साताको दुई उडान गर्ने भएको छ ।

शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ । जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको