Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको सेयर रजिष्ट्रार तय

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ०९ : २८ मा प्रकाशित

उपकार लघुवित्तको सेयर रजिष्ट्रार तय

उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्ग नियुक्त भएको छ।  सेयर रजिष्ट्रार नियुक्ति संगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणिकरण, लगत अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्गले गर्ने छ।

कम्पनीले चैत्र २५ गतेदेखि  चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो  ।  जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो  भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

 

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भईसकेको छ । शेयर बाँडफाँड भएसंगै शेयर सुचिकृत भएपछि नेप्सेमा कारोबार हुने छ ।  

कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ ।  यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो । 

6264c89cc81fb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको