Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ९५.४६ अंकको उछाल, 'जसरी घटेकाे थियाे त्यसरी नै बढ्ने संकेत'

नेप्से

आइतबार, ११ बैशाख २०७९, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा ९५.४६ अंकको उछाल, 'जसरी घटेकाे थियाे त्यसरी नै बढ्ने संकेत'

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकममा पनि उच्च वृद्धि देखिएकाे छ ।

'नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिँदा लगानीकर्ताकाे मनाेबल बढेकाे छ । ' अनुभवि लगानीकर्ता राेशन सापकाेटा भन्छन्, 'अब बजार जसरी घटेकाे थियाे त्यसरी नै निरन्तर बढ्ने संकेत मैले देखेकाे छु । अहिले बजारमा सबै सकारात्मक कुराहरू मात्रै छन् । चुनाव पनि पक्का भयाे । अर्थमन्त्रीले पनि सक्रियता बढाएका छन् । यी सबै कुरा हेर्दा बजारमा सकारात्मक माहाेल छाउने मेराे अनुमान छ।'

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा पुगेकाे छ । नेप्से ४.११ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १७.७४ अंकले बढेर ४६०.८८ विन्दुमा पुगेको छ । 

कूल २३८ वटा कम्पनीकाे ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ८.६ प्रतिशतले बढेकाे छ ।

आइतबार सानिमा बैंक लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे २२ कराेड रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज १० कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा अधिकांश हाइड्राेपावर र फाइनान्स कम्पनी रहेका छन् । 

यस दिन नेष्डाे समृद्ध लघुवित्तसहित जम्मा ४ कम्पनीकाे सेयरमूल्य घटेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको