Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार रकम दुवैमा गिरावट

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १५ : ०६ मा प्रकाशित

नेप्से र कारोबार रकम दुवैमा गिरावट

साताको दोस्रो दिन (आज) सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । आईतबार ९४.४६ अंकले बढेको बजारमा आजभने घटेको हो ।  नेप्सेसँगै आईतबारको भन्दा कारोबार रकममा समेत गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.४४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा झरेको छ ।

आईतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो भने सोमबार  २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।  सोमबार २ सय ३९ वटा कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर किनबेच भएको छ ।  

कारोबार भएको १३ वटा समूहमध्ये ११ वटा समूह ओरालो लाग्दा होटेल एण्ड टुरिजम र म्युचुअल फण्ड समुह भने बढेको छ ।

हेरौं आजको तालिका : 

62666e07d74d7.JPG 62666e09d52a8.JPG 62666e0c05e92.JPG 62666e0e31ca0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको