Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपालको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ क्यापिटलको तयारी

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १५ : ३८ मा प्रकाशित

सिवाईसी नेपालको आईपीओ बाँडफाँड कहिले ? यस्तो छ क्यापिटलको तयारी

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँड कहिले होला भन्ने सबै लगानीकर्ताको चासोको विषय बनेको छ । लगानीकर्ताको यही चासो मेटाउन हामीले कम्पनीको आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलसँग  कुरा गरेका छौँ ।

क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम सम्पन्न भई (आज) सोमबार ४ बजे प्रि-अलटमेन्ट हुने कार्यक्रम तय भएको छ । आज प्रि-अलटमेन्ट सम्पन्न  भएपछि प्रि-अलटमेन्ट सम्पन्न भएको ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नु पर्ने नियम भएको भोली वा पर्सी बाँडफाँड हुने क्यापिटलले अर्थ संसारलाई जानकारी दिएको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।  जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन  साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको