Like us!
Follow us!
Connect us!
Watch us!

संसारको सैन्य खर्च २० खर्ब डलर भन्दा बढी

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १५ : ४५ मा प्रकाशित

संसारको सैन्य खर्च २० खर्ब डलर भन्दा बढी

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेकोे जानाकारी दिएको छ । अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो । 

अमेरिका, चीन, भारत, बेलायत र रुसले कुल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको छ । विज्ञहरुले कारोना महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड उच्च तहमा पुग्नु सुखद संकेत नभएको बताएका छन् ।

सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो । तर युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको