Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा सिद्धार्थ बैंक अब्बल

नेप्से

मंगलबार, १३ बैशाख २०७९, १५ : १३ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा सिद्धार्थ बैंक अब्बल

आज (मंगलबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । मंगलबार बजार दाेहाेराे अंकले घटेकाे छ । काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७४ अंकले घटेर ४५२.९५ विन्दुमा झरेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

मंगलबार सिद्धार्थ बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४ कराेड २१ लाख ८२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ  । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ९ सय ४४ रूपैयाँ ४० पैसाा पुगेकाे छ । 

यस दिन हिमालयन पावर पार्टनरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४१ प्रतिशतले घटेर ४ सय २० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको