Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ : गगन थापा

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १६ : ३२ मा प्रकाशित

केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउने भएका छन् ।

ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आईडिया चोरेको आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् । 

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन् । 

‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने ।

ओलीलाई लजिक नभई म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे । ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको