Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष ओली

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ०६ : ४४ मा प्रकाशित

गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताएका छन् । 

मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको कार्यक्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन सरकार बनेदेखि मुलुकको आर्थिक अवस्था कमजोर बन्दैगएको उनको टिप्पणी छ ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र ध्वस्त हुँदैगएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, “पछिल्लो समय राजश्व संकलन निकै कमजोर छ, विदेशी मुद्राको सञ्चिती छैन, बैंकमा पैसा छैन, मुलुकमा मुद्राको अभाव छ ।”

कम्युनिष्ट पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्ने दलहरु जनतामा भ्रम छर्ने काम गरिरहेको उनले आरोप लगाए । देश बनाउने संकल्प र योजना एमालेसँग मात्र रहेको उनले दावी गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको