Like us!
Follow us!
Connect us!
Watch us!

एमालेविरुद्ध लाग्नेलाई अरिंगाल बनेर ध्वस्त पार्न ओलीको निर्देशन

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, २० : ११ मा प्रकाशित

एमालेविरुद्ध लाग्नेलाई अरिंगाल बनेर ध्वस्त पार्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका बिरुद्धमा लाग्नेहरुलाई अरिंगाल बनेर ध्वस्त पार्न निर्देशन दिएका छन् । आज युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै उनले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवाहरुलाई निर्देशन दिएका हुन् । 

‘एक–दुईजनालाई लहड चल्यो भने कानून मिचेर चल्न पाइन्छ, उनीहरूका यस्ता क्रियाकलापको विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यस कारण कडा प्रहार जरुरी छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने, गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ ।’ओलीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको