Like us!
Follow us!
Connect us!
Watch us!

जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १७ : ५१ मा प्रकाशित

जेठदेखि  शुक्रबार पनि सेयर बजार खुल्ने

 सरकारको निर्णयले सेयर बजार ४ दिनमात्र खुल्ने अवस्था आएपछि नेप्सेले आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म खोल्ने तयारी गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा  कार्कीले जानकारी दिएका छन् ।  

'सरकारको यो निर्णयसँगै हामी शुक्रबार कारोबार खुलाउन नेपाल धितोपत्र  बोर्डसँग भोली नै छलफल गर्नेछौं' सिइओ कार्कीले भने-  'हालको व्यवस्था आईतबारदेखि विहीबारसम्म खुल्ले व्यवस्था रहेकोमा धितोपत्र निमावलीमा संशोधन गरी  अब सोमबारदेखि शुक्रबार सम्म खुलाउने पहल नेप्सेले गर्नेछ ।' 

परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो । 

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको