Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट उपडेट :मुक्तिनाथ क्यापिटलको अफर रु १९९९ मा 'आजीवन डिम्याट र मेरो सेयर खाता (भिडियो)

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, ०८ : ४१ मा प्रकाशित

नयाँवर्ष २०७९ को उपलक्ष्यमा मुक्तिनाथ विकास बिकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले “आजीवन डिम्याट तथा मेरो सेयर खाता” योजना सुचारु गरेको छ । यस योजना अन्तरगत १ हजार ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने छ ।  उक्त डिम्याट तथा मेरो सेयर खाता आजीवन नविकरण गर्न सकिने ब्यबस्थाग रिएको छ । 


 

मुक्तिनाथ क्यापिटलमा पहिला नै डिम्याट खाता खोलि सकेको हितग्राहीहरुले समेत हाल सम्म भुक्तानी गर्न बाँकी रहेको वक्यौता भुक्तानी गरी यस योजनाका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत ग्राहकको डिम्याट तथा मेरा सेयर ाताको नविकरण मुक्तिनाथ क्यापिटलले नै गरिदिने हुनाले हरेक बर्ष नविकरण गर्नुपर्ने झन्झटबाट ग्राहक वर्गमुक्त हुन सकिने क्यापिटलले जनाएको छ । 

यस योजना अन्तर्गत रु.१,९९९/-मा आजीवन डिम्याट तथा मेरो सेयर खाता सुचारु राख्न पाइने, मुक्तिनाथ क्यापिटलले प्रदान गर्दै आइरहेको लगानी व्यवस्थापन सम्बन्धी सेवामा बार्षिक शुल्क छुट पाइने, रु.१,४९९/- शूल्क पर्ने सेयर बजार सम्बन्धी अनलाईन तालिम निःशूल्क प्राप्त गर्न सकिने लगायत एसएमएस तथा ईमेल मार्फत डिम्याट खाता सम्बन्धी जानकारी प्राप्त गर्न सकिने ब्यहोरा क्यापिटलले जनाएको छ । 

यो योजना २०७९ असार अन्तिम सम्म रहनेछ । ग्राहक बर्गहरुले यो सुविधा मुक्तिनाथ क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक लिमिटेड तथा लुम्बिनी विकास बैंक लिमिटेडको देशैभर  फैलिएको  शाखा कार्यालयहरु मार्फतर इसेवाको माध्यमबाट अनलाईन रकम भुक्तानी गरेर समेत यस योजनामा सहभागि हुन सक्नेछन् ।मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त गरी अन्यमर्चेन्ट सेवाहरु पनि उपलब्धगर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको