Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट अपडेट:आईपीओ बलको कमाल, बल निकालिएपछि के के हुन्छ ? सिवाईसी नेपालको बाँडफाँड (भिडियो)

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, ०८ : ५४ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । गत सोमबार ४ बजे प्रि-अलटमेन्ट सम्पन्न भएको थियो । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सिवाईसी नेपालको आईपीओ बाँडफाँड सम्पन्न जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकामा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । कसरी हेर्ने रिजल्ट ? गानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीवाईसी नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको