Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल र आँधिखोला लघुवित्त मर्ज हुँदै, डाके विशेष साधारण सभा

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, १० : ३१ मा प्रकाशित

सिवाईसी नेपाल र आँधिखोला लघुवित्त मर्ज हुँदै, डाके विशेष साधारण सभा

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुँदैछन् । मर्जर प्रयाेजनका लागि दुवै संस्थाले विशेष साधारण सभा आह्वान गरेका छन् ।

दुवै संस्थाले असाेज ७ गते, विशेष साधारण सभा गर्ने भएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा  केन्द्रिय कार्यालय, सभागृह चोक, कास्कीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । त्यस्तै, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजेदेखि नै सुरू हुनेछ ।

विशेष साधारण सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

मर्जर प्रयाेजनका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झाैता भएसँगै असार २३ गतेदेखि नै नेप्सेमा यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको