सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको थप १८,३६० कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक व्यक्तिहरू, कम्पनीहरू, र संघसंस्थाहरूलाई सेयर खरिद गर्ने अवसर प्रदान गरेको हो।
कम्पनीले यसअघि ८८,१८३ कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूको लागि बिक्री खुला गरेको थियो। अब, यो अवसर सर्वसाधारणलाई समेत उपलब्ध गराइएको छ।
यस सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ८६४ रुपैयाँ तोकिएको छ, जुन मूल्य संस्थापक सेयरधनीहरूको लागि पनि लागू भएको थियो।
सेयर खरिदका लागि इच्छुक व्यक्तिहरूले कम्तिमा १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने समय सीमा पुस १ गतेसम्म रहेको छ, र यसका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र आरविवि मर्चेण्ट बंकिंङ् लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनु पर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस