Like us!
Follow us!
Connect us!
Watch us!

नासा ईन्भेष्टमेन्टकाे काम गैरकानूनी, कार्य बन्द गर्न बाेर्डले गर्याे पत्राचार

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १३ : ३२ मा प्रकाशित

नासा ईन्भेष्टमेन्टकाे काम गैरकानूनी, कार्य बन्द गर्न बाेर्डले गर्याे पत्राचार

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्टलाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न पत्राचार गरेकाे छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (TMS) को सहजीकरण गर्ने, सेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी प्राप्त भएकोले उक्त कार्यहरु बन्द गरी बार्डमा जानकारी गराउन पत्राचार गरिएको हाे ।

प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र सञ्चालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने समेत बाेर्डले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको