Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस्

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, १२ : ५७ मा प्रकाशित

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस्

 स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले नयाँ शैली अपनाएको छ।

आयोगले निर्वाचनको सन्देशमूलक भिडियो प्रतियोगिता आयोजना गरेको हो। निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले ५० हजार पुरस्कार दिने छ।

त्यसैगरी ३० लाख दर्शक पुर्याउनेलाई ३० हजार रुपैयाँ र २० लाख दर्शक पुर्याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनुपर्नेछ।आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने र सेयर गर्नुपर्नेछ।

626e369f8400b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको