Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा अरूण भ्याली अब्बल

नेप्से

सोमबार, १९ बैशाख २०७९, १५ : ०० मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, काराेबारमा अरूण भ्याली अब्बल

आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार झण्डै अर्थसतकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झरेको छ । नेप्से परिसूचक २.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सय ९२ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

626fa432aebfd.JPG

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

626fa4392b156.JPG

साेमबार अरुण भ्याली हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रूपैयाँको कारोबार भएको हो । 

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार २ सय ५६ रुपैयाँ ८० पैसा पुगेको छ । 

यस दिन नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ५९ रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको