Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेयरधनीलाई १०.५३% लाभांश दिने

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, ०८ : ०० मा प्रकाशित

सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेयरधनीलाई १०.५३% लाभांश दिने

 सिक्लेस हाइड्रोपावरले  जेठ १३ गते १७औं वार्षिक साधारण सभा आभ्या  क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे बोलाएको छ । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । 

यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सो प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउनेछ । 

कम्पनीले सर्वसाधारणमा  २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीको आईपीओ स्वीकृति प्रकृया समीक्षा र टिप्पणी पठाइ सकिएको अवस्थामा रहेको छ ।

627093997f885.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको