Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, गुड न्यूजकाे पर्खाइमा लगानीकर्ता

नेप्से

बुधबार, २१ बैशाख २०७९, १५ : ०१ मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, गुड न्यूजकाे पर्खाइमा लगानीकर्ता

सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेकाे छ ।  आज (बुधबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बुधबार बजार दाेहाेराे अंकले घटेकाे छ । लगातारकाे करेक्सनले लगानीकर्ताकाे मनाेबल पनि घटेकाे छ । 

सेयर बजारका अनुभवी लगाकर्ता गाैरव मैनाली बजार बढ्नका लागि अहिले सकारात्मक पक्षहरूकाे एकदमै जरूरी रहेकाे बताउँछन् । बजार किन निरन्तर घटिरहेकाे छ भन्ने हाम्राे प्रश्नमा उनले भने, "बजार यसरी दिनहुँ घटिरहँदा लगानीकर्ताहरूकाे माइन्ड सेट नै घट्ने त हाे भन्ने भइसक्याे । बजारमा ठूला लगानीकर्ताहरूकाे सक्रियता देखिएकाे छैन । साना लगानीकर्ताहरूले बजारलाई थाम्न सकेका छैनन् । बजारमा अहिलेकाे अवस्थामा कुनै विश्लेषण पनि सही सावित हुन सकेकाे छैन । घट्दो कारोबार रकम र नेप्सेको निरन्तर करेक्सनले बजारको गिरावटदेखि लगानीकर्ताहरू प्यानिक भइसकेका पुष्टि गर्दछ । मेरो विचारमा बजार सकारात्मक माहाेलमा फर्किनका लागि सेयर बजारमैत्री कुनै ठूलै गुड न्यूज आउनु जरूरी छ ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा झरेकाे छ । नेप्से १.३८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.९० अंकले घटेर ४३६.८८ विन्दुमा झरेकाे छ । 

कूल २३३ वटा कम्पनीकाे ३६ लाख २ हजार ८ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

बुधबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४ कराेड ५८ लाख ९६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक हजार ३ सय ८२ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन ग्रीन भेञ्चर्सकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.३६ प्रतिशतले घटेर ३ सय २४ रूपैयाँ ५० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको