Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, "गभर्नरको बोलीको प्रभाव पर्यो"

नेप्से

विहीबार, २२ बैशाख २०७९, १५ : ०२ मा प्रकाशित

नेप्सेमा भारी गिरावट : लगानीकर्ता भन्छन्, "गभर्नरको बोलीको प्रभाव पर्यो"

आज (बुधबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । सम्हालिन प्रयास गर्दै गरेकाे बजारमा गभर्नरकाे बाेलीकाे नकारात्मक प्रभाव परेको लगानीकर्ताहरूको आरोप छ । 

हिजाे बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूकाे ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका थिए । उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका थिए ।

लगानीकर्ताकाे उक्त अभिव्यक्तीबाट आक्रोसित बनेका लगानीकर्ताहरूले हिजैदेखि सामााजिक सञ्जालमा अनेकौँ गुनासा र टिप्पणीहरू पोष्ट गरिरहेका छन् । बजार बढ्न सधैँ नियमनकारी निकायका व्यक्तिहरू नै बाधक बन्ने गरेका लगानीकर्ताहरूको गुनासो छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेकाे छ । नेप्से १.६३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३४ अंकले घटेर ४३२.५५ विन्दुमा झरेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । 

बुधबार सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ४५ लाख ८७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय २० रूपैयाँ ६० पैसा पुगेकाे छ । बुधबार ३ वटा म्युचुअल फण्डसहित जम्मा ८ कम्पनीकाे सेयरमूल्य बढेकाे छ । 

यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको