Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्न तयार हुनुस्, अपर हेवा खोला हाइड्रोले पायाे आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

विहीबार, २२ बैशाख २०७९, १८ : ०१ मा प्रकाशित

लगानी गर्न तयार हुनुस्, अपर हेवा खोला हाइड्रोले पायाे आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० कराेड रूपैयाँ बराबरकाे २० लाख कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते, सेबाेनमा निवेदन पेश गरेकाे थियाे । बाेर्डले वैशाख २२ गते अनुमति प्रदान गरेकाे हाे । 

कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको प्रदेश नं. १ अन्तर्गत संखुवासभा जिल्लाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको